• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रतिनिधिसभा बैठकद्वारा शोक प्रस्ताव पारित

    704
    SHARES


    काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति अलग- अलग शोक प्रस्ताव पारित गरेको छ ।

    बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरुको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारण पनि गर्यो । श्रेष्ठ नेपाली कांग्रेसकातर्फबाट विसं २०४८ मा गोरखाबाट एवं विसं २०५६ मा राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । श्रेष्ठको गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा निधन भएको हो ।

    त्यस्तै नेकपा (माओवादी) बाट विसं २०६४ मा ओखलढुङ्गा-२ बाट निर्वाचित ढुङ्गेलको ५३ वर्षको उमेरमा कात्तिक २२ गते निधन भएको थियो । कांग्रेसबाट विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित आलेको ७२ वर्षको उमेरमा गत मङ्सिर ९ गते निधन भएको थियो ।

    बैठकले उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे बस्ने भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ