काठमाडौँ। प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो ।
बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रपति भण्डारीले पठाएको पत्र पढेर सुनाउँदै उनले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’
त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ । नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ । सबै दलका संसदीय दलका नेताहरूले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया