• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास समाचार

    मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार, कहिले फर्किदै छन् स्वदेश ?

    4.7K
    SHARES



    काठमाण्डाै। मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।

    उद्धार भएकामध्ये ६ जना भोलि मङ्गलवार स्वदेश फर्किदै छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएको थियो ।

    निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत् मलेसियामा रहेको नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहलपछि मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन् ।

    मलेसियामा रहेको नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, यो कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी र एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

    दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि र आउँदो शुक्रवार ७ जना नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाकाे एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ