• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रतिनिधिसभाको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने

    1K
    SHARES



    काठमाडौँ । निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । उपप्रधान तथा गृहमन्त्री एवं पार्टीको संसदीय दलको नेता समेत रहेका लामिछानेले सम्बोधन गर्न लागेका हुन् ।

    आज बसेको रास्वपाको संसदीय दलको बैठकले संसद बैठकमा लामिछानेले संवोधन गर्ने र सभामुख नरहेको अवस्थामा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा पार्टीबाट सांसद डा.चन्दा कार्कीको नाम दिने निर्णय भएको सांसद सन्तोष परियारले बताए ।

    आज दिउँसो १ बजे नयाँ बानेश्वरमा रहेको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा विभिन्न १२ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नेछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ