• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पाल्पामा ट्रयाक्टर दुर्घटना हुँदा १७ वर्षिया थापाको मृत्यु

    0.9K
    SHARES



    पाल्पा । पाल्पाको रम्भामा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    रम्भा गाउँपालिका वडा नं.३, स्थित कालीगण्डकी कोरिडोर सडक खण्डमा आईतबार बेलुकी ७ बजे भएको दुर्घटनामा रम्भा-१, हुँगीका १७ वर्षका विशाल थापाको मृत्यु भएको हो ।

    थापाको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

    रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

    ट्रयाक्टरमा सवार रहेका रामपुर-१, बस्ने २४ वर्षका दिलबहादुर घर्ती सोही स्थानका १६ वर्षका युवराज घर्ती, रम्भा-१, असर्दी बस्ने १८ वर्षका पूर्णबहादुर बोटे र १९ वर्षका विवेक थापा घाइते भएका छन् ।

    दुर्घटनापछि ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया