• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रोकिराखेको टिपरमा दुईवटा मोटरसाइकल ठोक्किंदा दुई युवकको मृत्यु, २ जना घाइते

    1.2K
    SHARES


    काठमाडौँ । सप्तरीमा रोकिरहेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किंदा दुईजनाको ज्यान गएको छ । दुईजना घाइते छन् ।

    मृत्यु हुनेमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १-०२-०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् । दुवै जनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जानकारी गराएको छ ।

    आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बोदेबर्साइनबाट राजबिराज तर्फ जाँदै गरेका दुईवटा मोटरसाइकल ठोक्किएका थिए ।

    दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई नियन्त्रणमा लिइ आवस्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया