• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    भन्सार छली ल्याएको ६६ लाखको कपडासहित भारतीय नम्बर प्लेटको गाडी बल्खुबाट पक्राउ

    1.1K
    SHARES


    काठमाडौं । भन्सार छली काठमाडौं ल्याइएका ६६ लाख मूल्य बराबरको सामानसहित एकजना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले शुक्रबार राती काठमाडौंको बल्खुबाट ६६ लाखको सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

    प्रहरी वृत्त कालीमाटीको टोलीले पुष २३ गते बिहान ०३ः४५ बजेको समयमा उपत्यका बाहिरबाट काठमाडौं आइपुगेको अवस्थामा कामनपा १४ बल्खु नजिकैबाट भन्सार छली गरिएका सामानसहित एक व्यक्ति पक्राउ गर्दै भारतीय नम्बर प्लेटको सवारीसाधन समेत बरामद गरेको हो । प्रहरीले PB10C X7597 नं. को भारतीय नम्बर प्लेटको ट्रकसमेत नियन्त्रणमा लिएको छ ।

    कालीमाटी प्रहरीलाई प्राप्त सूचनाका आधारमा ट्रकको खानतलासी गर्दा बाहिर प्याजको बोराले छोपेर भित्र कोट पाइन्टका कपडा, शेरबानी लगायतका सामानहरु बरामद गरेको हो । ती सामानहरुको भन्सार महसुल नतिरिएको र भन्सार छली गरी ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले सुट पाइण्टको कपडा ५ हजार ६८३ मिटर, सर्टको कपडा २ हजार ७ सय मिटर, शेरवानीको कपडा २ हजार १८१ मिटर र लेहेङ्गाको कपडा १ हजार ६५० मिटर बरामद गरेको हो ।

    भन्सार छली गरी कपडा ल्याउनमा संलग्न ट्रक चालक भारत पञ्जाब लुदियानाका ५६ वर्षीय सुकदेव सिंह र उनले चलाइरहेको PB10C X7597 नम्बरको भारतीय ट्रकसमेत नियन्त्रणमा लिइएको छ । बरामद भएका कपडाहरुको मूल्य अन्दाजी ६६ लाख ६५ हजार ५५८ रुपैयाँ रहेको प्रहरीको भनाई छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया