• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : उपेन्द्र यादव

    1.3K
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन कुनै समस्या नभएको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र यादवसहित तीन जनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो पार्टीबाट विश्वासको मत दिने बताए ।

    ‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छौं । त्यसमा कुनै समस्या छैन । हामीले मात्रै होइन अरु दलले समेत विश्वासको मत दिन्छन्’ यादवले भने, ‘सबै दलले विश्वासको दिने भएकाले सजिलै प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ ।’

    प्रधानमन्त्रीसँग मिलाउनुपर्ने अरु विषयहरु आपसी सहमतिमा छलफल गरेर टुंगो लगाउने यादवले बताएका हुन् । एकीकृत समाजवादीलको पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ