• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    संसदमा बलियो प्रतिपक्षी बन्नुपर्नेमा कांग्रेसको जोड

    1.6K
    SHARES



    काठमाडौं । पुस १० गतेपछि मुलुकमा भएको राजनीतिक परिवर्तनले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल बनाउनुका साथै सङ्घदेखि प्रदेशसम्मको सरकार पनि गुमाउनु पर्यो  ।

    अहिले समिक्षा भइरहँदा कसको कारणले सत्तापलट भएको हो सहजै रुपमा अनुमान लगाउन पनि सकिन्छ । नेतृत्व तहमा बसेकै कारण सभापति शेरबहादुर देउवाले यसको बढी हिस्सा लिनुपर्ने देखिन्छ । आज बसेको संसदीय दलको बैठकमा पनि निर्वाचन र सरकारबाट बाहिरिनुपर्ने परिस्थितिबारे चर्चा भएको छ ।

    कांग्रेसले अब बलियो प्रतिपक्षीका रुपमा संसदमा आवाज उठाउनुपर्ने विषयमा छलफल भएको छ । आजको बैठकमा सैद्धान्तिक विषयमाथि ठोस छलफल नभएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले लिन लागेको विश्वासको मतबारे केही धारणा बनाउनुपर्ने आवाज उठेको थियो ।

    यद्यपि कांग्रेसले विश्वासको मत लिने दिन २६ गते बिहानै पुनः बैठक बसेर ठोस निर्णय लिने भएको छ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार विश्वासको मतको बारेमा चर्चा भन्दापनि कसरी बलियो प्रतिपक्षी बन्ने भन्ने विषयमा छलफल हुन जरुरी रहेको छ ।

    कांग्रेस संस्थापन र इत्तर पक्षका नेताहरुले आजको बैठक विवादरहित सम्पन्न गरेका छन् । संसदमै आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सांसद एनपी साउँद, प्रदीप पौडेलको भनाइ रहेको छ ।

    सांसद मोहन बस्नेतका अनुसार अहिले सत्तापलट हुँदा कांग्रेस प्रतिपक्षमा बस्नुपरेपनि यसले कुनै असर गरेको छैन । कांग्रेसको इतिहासमा यो पार्टीलाई जनताले पटकपटक ठूलो दल बनाएको र अन्य दलहरु गठबन्धन बिना अगाडि आउन नसकेको बस्नेतले बताए ।

    सरकारमा आएको फेरबदलका कारण कांग्रेसमा केही मतभेद सिर्जना भए पनि आगामी गन्तव्यको बारेमा सबै चिन्तित रहेकोले छिट्टै हल निस्कने कांग्रेस नेताहरु बताउँछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया