• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राजनीतिक आडमा चलेका बाराका अवैध क्रसर उद्योगलाई गृहले दियो यस्तो आदेश

    2K
    SHARES



    बारा । बारामा अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गरिएको छ ।

    गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रसाशन कार्यालय बारा र जिल्ला समन्वय समिति बाराको अनुगमन टोलीले नविकरण नगरी अवैध ढंगबाट सञ्चालन भएका क्रसर उद्योगहरु बन्द गरेको हो । हिंजो र आज गरिएको अनुगमनको क्रममा ५ वटा क्रसरमा विद्युत लाइन काटेको छ भने निकासी पैठारी र ओसारपसार प्रतिबन्ध लगाइएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले बताए ।

    झण्डै एक दशकअघि दर्ता भएर नविकरण नभएका क्रसर उद्योगहरु राजनीतिक पहुँचका आधारमा सञ्चालन हुँदै आएका थिए । नविकरण विना अवैध ढंगले सञ्चालनमा रहेका क्रसरबाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खनन्, निकासी पैठारी तथा ओसारपसारमा बन्देज गरिएको सहायक प्रजिअ आचार्यले बताएका छन् । अनुगमनको क्रममा पिलुवा-कलैया हुलाकी सडक खण्डमा रहेको जय माता दी बालुवा प्रशोधन केन्द्र र निजगढ नगरपालिका ९ स्थित लाल बकैया बालुवा प्रशोधन केन्द्रमा सिल गरिएको छ ।

    अवैध ढंगले सञ्चालनमा रहेका क्रसर तत्काल बन्द गर्नु भन्ने गृह मन्त्रालयको आदेशपछि अनुगमन र कारवाही प्रकिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । अनुगमनका क्रममा कागजात पेश गर्न नसकेका उद्योगहरूको विद्युत प्रसारण काटिएको र मुचुल्का समेत गरी सबै सामाग्रीहरू सिल गरिएको छ ।

    त्यस्तै क्रसर उद्योग लगायतबाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् निकासी पैठारी तथा ओसारपसार अर्को निर्णय नभए सम्मको लागि बन्द गरिएको सहायक प्रजिअ आचार्यले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया