• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    कर्णाली जलस्रोत लिमिटेडको साधारण सभा काठमाडौँमा सम्पन्न

    776
    SHARES


    काठमाडौँ।  कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ ।

    शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर रावतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीमार्फत लगानी भइरहेको माथिल्लो चौरी खोला जलविद्युत आयोजनाको काम तीब्र गतिमा भइरहेको जानकारी गराएका हुन् ।

    राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकले समेत लगानी गरेको उक्त आयोजनाबाट अगामी साउन पहिलो हप्ता बिजुली बाल्ने गरी काम भइरहेको रावतले बताए । काभ्रेमा निर्माण भइरहेको ६ मेगावाटको उक्त आयोजनाको इलेक्ट्रो मेकानीकल सप्लायर छनोट भई एलसी खोल्ने काम समेत सम्पन्न भइसकेको साधारण सभामा जानकारी दिइएको छ ।

    त्यस्तै हाइड्रो मेकानिकल सप्लाईको लागि एलसी खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने प्रसारण लाइनको सर्भे लाइसेन्स लिएर प्रतिवेदन तयार भएको र निर्माण अनुमति लिने प्रक्रियामा रहेको हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुङले जानकारी दिए । उक्त आयोजनामा अनुमानित लागत ११२ करोड रहेकोमा ३५ प्रतिशत लगानी कम्पनीले र बाँकी ६५ प्रतिशत लगानी राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले गरेका छन् ।

    त्यसैगरी कर्णाली जलस्रोत लिमिटेडका शेयरधनीकै लगानीमा म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुईने मंगले क्षेत्रमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजनाको काम पनि सुरु गरिएको अध्यक्ष रावतले साधारण सभामा जानकारी दिए । नेपाल विद्युत प्राधिरकणसँग विद्युत खरिद सम्झौता र विद्युत विकास विभागसँग उत्पादन इजाजतको लागि अन्तिम चरणको काम भइरहेको वार्षिक प्रतिवेदनमा उल्ले गरिएको छ ।

    शेयरधनीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष रावतले भनेकै समयमै काम सक्ने गरी काम भइरहेको बताउँदै लगानी थप्न अनुरोध समेत गरे । कर्णाली जलस्रोतका ४२१ शेयरधनीहरु पुगेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया