काठमाडौँ । सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि मतगणना सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलले मतगणना सुरू भएको जानकारी दिए ।
नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियोे । निर्वाचनमा दुई वटा समूहले प्यानलसहित मनोनयन दर्ता गरेका थिए ।
निर्वाचनमा बृहत् लोकतान्त्रिक समूह र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यस्तै उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्लेले उम्मेदवारी दिएका छन् । सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया