काठमाण्डाै। नेपालमा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।
लामो समयपछि नेपालमा फेरि कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टीजेन गरी पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै आज दुई जना कोरोना संक्रमित निको भएका छन् भने हाल नेपालमा २१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया