काठमाडौँ। उदयपुरमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
कटारी नगरपालिका-७ रिस्कु बस्ने २३ वर्षीय राम शाही ठकुरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ठकुरीले ती युवतीलाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारि राखेको छ ।
प्रतिक्रिया