काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पृथ्वी जयन्तीको अवसरमा सरकारले बिदा दिनु उचित भएको बताए ।
सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ का दिन बिदा दिने माग गरिरहेका बेला सांसद बाँस्कोटाले सो कुरा बताएका हुन् । नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिँदैमा राजतन्त्र नफर्किने उनले बताए ।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुस २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो । त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फरवरी १४ (भ्यालेन्टाइन्स डे) मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ । उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन ।’
प्रतिक्रिया