• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु

    1.7K
    SHARES



    काठमाडौँ। उत्तरी राज्य सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको मृत्यु भएको, रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले जानकारी दिए ।

    मेक्सिकोका सुरक्षा बलहरूले जेलमा रहेका जोआकिन ‘एल चापो’ गुजमानका ३२ वर्षीय छोरा गुजमानलाई बिहीबार बिहानै पक्रेको थियो । पक्राउपछि गिरोहका सदस्यहरूसँगको झडप र गोली हानाहानका क्रममा २९ जनाको मृत्यु भएको बताए ।

    गुजमानलाई घरमा पक्राउपछि हेलिकप्टमार्फत मेक्सिको सिटीमा उडाइएको थियो । त्यसलगत्तै कडा सुरक्षबीच जेलमा लगिएको थियो । मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके गुजम्यानलाई पक्राउ गरेको थियो ।

    ‘एल रटन’ (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सेनाको हेलिकोप्टरमा राखेर मेक्सिको सिटी लगिएको रक्षा मन्त्रीले बताए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया