काठमाण्डाै। नेपाल टी-२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।
यो खेल लेही बेरमा अर्थात् बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । काठमाण्डौ र विराटनगरको समान ९ खेलमा ८ अंक छ । नेटरनरेटका आधारमा काठमाण्डौ तेस्रो र विराटनगर चौथो स्थानमा छ ।
आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्नेछन् । यो खेल दिउँसो १ बजेबात सुरु हुनेछ ।
९ खेलमा ६ अंक जोडेको पोखरा पाँचौँ स्थानमा छ भने समान खेलमा ४ अंक मात्रै रहेको फार वेस्ट पुछारमा छ । फार वेस्ट प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया