• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    फ्लाइटमा महिलामाथि पिसाब फेरिदिने पुरुषले मागे माफी

    1.1K
    SHARES


    काठमाडौँ। एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फेरिदिने व्यक्तिले माफी मागेका छन् ।

    ती पुरुषले आफ्नी श्रीमती र छोराछोरी घटनाबाट प्रभावित नहुन् भन्दै उजुरी नगर्न महिलालाई आग्रह पनि गरे ।

    एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो ।

    यो घटना नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्ली जाँदै गरेको फ्लाइटमा भएको भएको थियो ।  यसबारे नागरिक उड्डयन महानिर्देशनालयले प्रतिवेदन मागेको थियो ।

    यसैबीच, एयर इन्डियाका सीईओ क्याम्पबेल विल्सनले एयरलाइन्सका कर्मचारीहरूलाई यात्राको क्रममा कुनै दुर्व्यवहार भएमा प्राधिकरणलाई जानकारी दिन निर्देशन पनि दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ