• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डले कांग्रेसलाई विश्वासको मत मागेपछि…

    1.2K
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समसामयिक राजनीतिबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएका छन् ।

    देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका एक पदाधिकारीले बताए ।

    संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको ती पदाधिकारीको भनाइ रहेको छ ।

    यसअघि २३ गते कांग्रेस संसदीय दलको बैठक बस्दैछ । यता माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन कांग्रेसलाई प्रस्ताव गरेको थियो ।

    राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याउँदै शर्माले सभापति देउवालाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी रहेको छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् । प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पौडेल बताउछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ