• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्ववियू निर्वाचनको मिति घोषणागर्न अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    740
    SHARES


    काठमाडौँ। अनेरास्ववियू केन्द्रीय कमिटीले स्ववियू निर्वाचन प्रस्तावित मितिमै गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापन पत्र बुझाएको छ ।

    केन्द्रीय अध्यक्ष सुदन पराजुलीको नेतृत्वका प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो ज्ञापन पत्र बुझाइएको हो ।

    आम विद्यार्थीहरूको हक, अधिकार र प्रतिष्ठाको पैरवीकर्ता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएको १४ वर्ष भइसकेको आस्थामा पनि निर्वाचन हुने निश्चित नभएकोले प्रस्तावित मिति चैत्र ५ गते नै निर्वाचन हुने सुनिश्चितता गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छाबं ।

    ‘प्रधानमन्त्रीको जिम्मेवारीले सबै विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यथासक्य घोषणा गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न निर्देशन गरिदिनुहुन सम्माननीय प्रधानमन्त्री समक्ष अनेरास्ववियू केन्द्रीय कमिटी हार्दिक अनुरोध गर्दछ ‘ ज्ञापन पत्रमा भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया