• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    डन अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोमा भड्कियो दंगा

    885
    SHARES


    मेक्सिको। लागूऔषध तस्कर अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किएको छ, जसमा दुई जनाको मृत्यु भएको छ । ओभिडियो गुस्मान लोपेजले आफूलाई आफ्नो पिताका ड्रग कार्टेलको प्रमुख बताउँछन् ।

    ओभिडियोलाई सिनालोआ राज्यको कुलियाकान सहरमा ६ महिनाको निगरानीपछि पक्राउ परेका हुन् ।

    पक्राउपछि गिरोहका सदस्यहरूले सडक अवरुद्ध, सवारी साधनमा आगजनी र स्थानीय विमानस्थलमा आक्रमण गरेका थिए । उड्ने तयारी गर्दै गर्दा यात्रुवाहक विमानमा गोली प्रहार पनि भएको थियो ।

    सिनालोआका तीनवटा विमानस्थलमा सयभन्दा बढी उडान रद्द भएका छन् । राज्यका गभर्नरले १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

    मेक्सिकोका रक्षामन्त्रीका अनुसार ओभिडियो गुजमान लोपेजलाई सिनालोआ ड्रग कार्टेल चलाएको आरोप छ । यो विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करी संगठन हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया