• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनमा कोरोनाको त्रास

    841
    SHARES


    चिन। चीनमा कोरोनाका बढ्दो मामिलाका बीच चर्चित व्यक्तिको मृत्यु भएपछि आधिकारिक तथ्यांकलाई लिएर मानिसहरूमा शंका बढ्दै गएको छ । गत महिना, ओपेरा गायक चु लानलानको ४० वर्षको उमेरमा मृत्युले सबैलाई चकित बनाएको थियो ।

    परिवारले यसप्रति दुःख व्यक्त गरे पनि मृत्युको कारण भने खुलाएनन् । त्यस्तै नयाँ वर्षमा अभिनेता कुङ जिन्ताङको मृत्युले चीनमा इन्टरनेट प्रयोगकर्तालाई स्तब्ध बनाएको थियो ।

    ८३ वर्षीय जोङ एक लोकप्रिय चिनियाँ टिभी शृंखला ‘इन-लज, आउट-लज’ मार्फत् घरघरमा चर्चित बनेका थिए । उनको चरित्रको नाम ‘फादर खाङ’ थियो ।

    उनको मृत्युको कारण खुलेको छैन तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई अन्य वृद्धको मृत्युसँग जोडिरहेका छन् ।

    एक प्रयोगकर्ताले विबोमा लेखेका छन्, ‘फादर खाङको आत्माले शान्ति पाओस् । यो लहरले धेरै वृद्धहरुको ज्यान लिइरहेको छ । आफ्ना बुढापाकाको पूरा ख्याल गर ।’

    हालै भएका मृत्युमध्ये चर्चित पटकथा लेखक नि जेन (८४ वर्ष) र पूर्व पत्रकार हु फ्युमिङ (८७ वर्ष)को मृत्यु चर्चाको विषय बनेको छ ।

    चिनियाँ सञ्चारमाध्यमका अनुसार २१ देखि २६ डिसेम्बरको बीचमा देशमा विज्ञान र इन्जिनियरिङका १६ शीर्ष व्यक्तिको मृत्यु भएको थियो ।

    मृत्युमध्ये कुनै पनि कोभिडसँग जोडिएको थिएन, तर सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भयो ।

    चीनको शून्य कोभिड नीति

    चीनले डिसेम्बरमा आफ्नो शून्य कोभिड नीति अन्त्य गर्‍यो । यसपछि देशमा कोरोना संक्रमितको गति निकै बढेको छ । चीनमा अस्पताल र शवदाह गृहहरूमा भीडभाड भएको धेरै रिपोर्टहरू आउने गरेका छन् ।

    तर, चीनले कोरोनाको दैनिक तथ्यांक सार्वजनिक गर्न बन्द गरेको छ । आफ्नो मापदण्ड अनुसार चीनले डिसेम्बरमा मात्र २२ जना कोरोना केस आएको बताएको छ ।

    अहिले निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी रोग लागेर मृत्यु हुनेको मात्रै गणना भइरहेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार चीनले कोरोनाका बढ्दो केस र मृत्युको बारेमा सही जानकारी दिन सुझाएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ