• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लागुऔषध कारोबार गर्ने ४ जना दमकबाट पक्राउ

    564
    SHARES


    झापा । दमकबाट बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् । साँझ करीब ६ बजे दमक नगरपालिका वडा नं. २ खरखरेबाट सोही ठाउँका ३६ वर्षीय सन्तोष राजवंशीको घरबामा राजवंशीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्ने सोही ठाउँका ३६ वर्षीय लिला कुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र वडा नं १ का ३१ वर्षीय सन्दिप लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

    उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम, को १४ प ७७८४, मे ८ प ३०६६ नम्वरका मोटरसाइकलहरु र बिभिन्न कम्पनीका ५ थान मोवाइलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ