पोखरा। पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
पोखरा १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीको भनाइ छ ।
करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया