• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    चिसो बढेपछि कालिकोटमा विद्यालय बन्द, तापक्रम माइनस ५ डिग्रीमा झर्यो

    1.4K
    SHARES



    कालिकोट । नेपालका हिमाली जिल्लामा अत्याधिक चिसो बढ्नुका साथै हिमाली जिल्लामा हिमपात भैरहेको छ ।

    कालिकोटमा पनि चिसो बढिरहेकाले तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन् ।

    कालिकोटमा तापक्रम माइनस ५ डिग्री झरेको छ । चिसोले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको जनाएको छ । चिसोका कारणले पानी जम्न थालेसँगै अत्यधिक मात्रामा चिसो बढेकाले विद्यालय बन्द गर्नुको विकल्प नभएको नगरपालिका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक नवीन हमालले बताए । “चिसोले गर्दा विद्यालयमा विद्यार्थी आउन पनि छाडे”, उनले भने, “विद्यालय बन्द गर्नुको विकल्प रहेन ।”

    चिसो बढ्दै गएका कारण विद्यार्थीले विद्यालय जान नमानेको तिलागुफा नगरपालिका-२ फोइमहादेवका राजबहादुर बुढाले बताए । “चिसो अत्यधिक भएकाले कक्षा ९ र १० का विद्यार्थी ट्युसन पढ्नका लागि सुर्खेत र नेपालगञ्ज झरेका छन्”, उनले भने, “आठ कक्षासम्मका विद्यार्थी चिसोका कारणले विद्यालय जान नै सकेका छैनन् ।”

    चिसोका कारणले पानीको धारा जम्ने र बग्ने पानी पनि जम्न थालेको तिलागुफा नगरपालिका-४ राँचुलीका स्थानीय नरबहादुर शाहीले जानकारी दिए । “खानेपानीका धारामा पनि पानी जम्न थालेका छन्”, उनले भने, “खोला तथा नदीमा पनि चिसोका कारणले पानी जम्ने गरेको छ ।”

    कालिकोटमा हुस्सु र हावा अत्यधिक चल्ने गरेकाले चिसो बढेको खाँडाचक्र नगरपालिका-२ का अनिपाल विकले जानकारी दिए । “पानी परेको छैन, हावा र हुस्सु लाग्ने हुँदा चिसो निकै बढेको छ”, उनले भने, “चिसोले यहाँको जनजीवन निकै असहज बनेको छ ।”

    अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालय कालिकोटले नागरिकलाई सचेत रहन सार्वजनिक सूचना जारी गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया