• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    जसपाले भोलि मधेस प्रदेश संसदीय दलका नेता चयन गर्दै

    1K
    SHARES



    शनुसा।  जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ ।

    बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताएका छन् ।

    भोलि (शुक्रबार)सम्ममा संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको नेता साहले बताए । पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

    समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको जानकारी दिएको छ । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् ।

    संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको र शुक्रबार नेता चयन गर्न सर्वसम्मत निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समिति संयोजक साहको भनाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ