जुम्ला। जुम्लामा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ श्रीवेणीमा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भएर तिला नदीमा खस्दा तातोपानी- १ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला- ३ का २० वर्षीया आकाश थापा को मृत्यु भएको हो ।
प्रतिक्रिया