• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणको जोखिम

    0.9K
    SHARES



    काठमाण्डाै। नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणको जोखिम बढेको छ । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण मुख्यगरी सुँगुर-बङ्गुरमा हुने गर्दछ ।

    काठमाण्डौ, कास्की, म्याग्दी, कैलाली बाग्लुङलगायतका जिल्ला हरुमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट केही सुँगुर-बङ्गुर मरेका छन् ।

    ती जिल्लामा सङ्क्रमण देखिएपछि रोकथामका उपाय अपनाउन थालिएको छ । यस्तै छिमेकी जिल्लामा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि व्यावसायिक किसानलाई जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ ।

    सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले जानकारी दिए ।

    सुँगुर-बङ्गुर काटेमा मासु चिस्यान केन्द्रमा राख्न समेत आग्रह गरिएको छ । अफ्रिकन स्वाइन फिभरले मान्छेमा असर गरेको भने पाइएको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ