• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि…

    1.3K
    SHARES


    बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ ।

    सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

    साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लिएको घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले नगर प्रमुखलाई ज्ञापनपत्र दिने भएको छ ।

    नेकपा (एमाले) सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले पनि जिउँदो पशुलाई ट्रकले घिसार्दै रक्ताम्य बनाउनु असह्यै भएको भन्दै यसबारे नगर प्रमुखले जवाफ दिनुपर्ने बताएका छन् ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने पनि बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ