• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भोली अवकास लिन लागेका नेपाली सेनाका उपरथी प्रेम शाही पक्राउ

    11K
    SHARES


    काठमाडौँ । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सैनिक मुख्यालय जंगी अड्डाले सैनिक अनुशासन विपरीत र संगठन विपरीत गतिविधि गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ ।

    उमेर हदका कारण शाही भोली (बुधबार) पुस २० देखी सेनाबाट अवकासको पत्र बुझेर नियमित अवकासमा जाँदै थिए । तर आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्चसमेत पुगेका थिए ।

    सर्वोच्चले गत पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकासमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि शाही आज नियमित कामको लागि जंगी अड्डा पुगेलगत्तै सैनिक प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । शाहीलाई अनुसन्धान पूरा नभएसम्म सैनिक मूख्यालयमा राखिने अगनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया