• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिंगो देशलाई नै रुवाएर गए निराकर

    5.2K
    SHARES


    काठमाडौ । बिहीबार राति पूर्वी एसियाली मुलुक कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा २४ जनाको ‘मृ’ त्यु भएको पुष्टि हुँदा मृतकमध्ये एक जना नेपाली रहेको खुलेको छ । एक महिनाअघि भिजिट भिसामा कम्बोडिया गएका झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको ‘मृ’ त्यु भएको हो ।

    थाइल्यान्डसँग सीमा जोडिएको उत्तरी कम्बोडियाको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोमा राति भीषण आगलागी हुँदा त्यहाँ सयौँ मानिसहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिन्छ ।

    यसरी ‘मृ’ त्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे । सार्वजिनक भिडियो कलमा आफ्ना ९ वर्षीय छोरालाई सम्झाएको देखिन्छ । परिवारलाई सम्झाएपछि उनले बाँच्ने आशा मारेर होटलको १२ औँ तलाबाट हामफाले ।

    हामफाल्दा उनको मृत्यु भएको उनका आफन्तहरूले पुष्टि गरेका छन् । निराकारको शव पहिचान भइसकेको र नेपाल ल्याउने प्रक्रियाका लागि थाइल्यान्डस्थित नेपाल राजदूतावासको समन्वयमा उनको शव ल्याउने प्रयास भइरहेको छ । काठमाडौं सुकेधारा बस्दै आएका पाण्डे परिवारसँग नयाँ वर्ष मनाउन शनिबारसम्म काठमाडौं आइपुग्ने तयारीमा थिए ।

    छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ । आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो । मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ भन्दै उनका बाबु अग्निप्रसाद पाण्डेले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया