• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    मेसी अझै एक वर्ष पिएसजीमा रहने

    1.6K
    SHARES


    काठमाडौं। विश्व च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नविकरण गर्ने भएका छन् ।

    मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो ।

    मेसीले आफ्नो खेल जिवनमा पहिलो पटक विश्वकपको ट्रफी उचालेका थिए । ३५ वर्षीय मेसी विश्वकपसँगै करियरमै उच्च लयमा छन् । मेसी सन् २०१५ पछि च्याम्पियनन्स लिग उपाधि जित्ने योजनामा रहेका छन् ।

    बार्सिलोनाका उपाधिको चाङ लगाएका मेसी पिएसजीमा समेत सोहि अवस्था सिर्जना गर्न चाहन्छन् । अहिले भने मेसी अर्जेन्टिनाको विजयी र्यालीमा समावेश छन् । उनि अझै केहि साता अर्जेन्टिनामै रहन सक्छन् ।

    मेसी फर्किएसँगै सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । पिएसजी अध्यक्ष नासिर अल खेलाफि र स्पोर्टस् डाइरेक्टर लुइस काम्पोस तयार अवस्थामा छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया