• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    प्रधानमन्त्रीका लागि प्रचण्डको प्रस्तावमा यस्तो छ देउबाको जबाफ

    1.7K
    SHARES


    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताए । शनिबार दिउँसो देउवा र प्रचण्डको भेट वार्ता भएको थियो ।

    बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । जवाफमा देउवाले गठबन्धनमा सहमति भए आफू तयार रहेको बताएका हुन् । प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै देउवासँग अब आफूलाई छोड्न आग्रह गरेका थिए ।

    स्रोतका अनुसार देउवाले आफू सकारात्मक भएको तर गठबन्धनको सहमति आवश्यक रहेको बताउँदै आफूले बैठकमा राख्ने प्रचण्डलाई आश्वासन दिएका थिए । प्रचण्ड र देउवाबीच पहिलो पटक औपचारिक रुपमा सरकारको नेतृत्वबारे छलफल सुरु भएको छ ।

    काँग्रेसभित्र पनि प्रधानमन्त्रीको लागि धेरै आकांक्षी रहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्मले प्रधानमन्त्रीको लागि दाबे गरिरहेका छन् । चुनावी परिणामसम्म मौन बसेका शशांक कोइरालाले पनि आफ्नाे पनि देबी पेश गरेका छन् । उनले संसदीय दलको नेताको उम्मेदवार बन्ने बताइसकेका छन् ।

    महामन्त्री गगन कुमार थापाले आफूले संसदीय दलको नेताको लागि उम्मेदवारी दिने बताउँदै आएका छन् । काँग्रेसमा दलको नेताको दाबी गर्नु भनेको प्रधानमन्त्रीको दाबी गर्नु हो । जसले संसदीय दलको नेता बन्छ उ नै प्रधानमन्त्रीको पहिलो दाबेदार हुन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया