• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    न्युजिल्याण्डमा नेपालीको संख्या बढ्दै, यो वर्ष कति नेपालीले पाए आवासीय भिसा ?

    2.5K
    SHARES


    काठमाडौँ। न्युजिल्याण्डमा नेपालीहरुको संख्या बढ्दै गएको छ । यो वर्ष न्युजिल्याण्डकै इतिहासमा पहिलो पटक २६९४ नेपालीहरुले आवासीय भिसा पाएका छन् ।

    अघिल्लो वर्ष यस्तो भिसा प्राप्त गर्ने नेपालीको संख्या ११७९ जना रहेको थियो । न्युजिल्याण्डको आप्रवास विभागले जारी गरेको तथ्यांक अनुसार यो वर्ष १५८ देशका कुल १ लाख ४२ हजार ९२९ जना विदेशी निवेदकहरुलाई आप्रवास भिसा प्रदान गरिएको छ भने ५१८७ जना निवेदकहरुको निवेदन बदर भएको छ ।

    १५८ देशका नागरिकहरुले आप्रवास भिसाको लागि निवेदन हालेको भएतापनि ११ देशका नागरिकहरुले आवासीय भिसा प्राप्त गर्न सकेनन् । ३ जनाले मात्र आवासीय भिसा प्राप्त गरेका १३ वटा देशका नागरिकहरु छन् भने ६ जना मात्रको आवासीय भिसा स्वीकृत भएका १० वटा देशहरु छन् । मंगोलिया लगायत १० देशका नागरिकहरुको भाग्यमा १२ जनाको आप्रवास भिसा हात परेको तथ्यांकमा उल्लेख छ ।

    आवासीय भिसा प्राप्त गर्ने ब्यक्तिहरु मध्ये तालिकाको अग्र पंक्तिमा भारतीयहरु रहेका छन् । जसको संख्या ३७ हजार ६८ रहेकोछ। दोश्रोमा फिलिपिन्स रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया