• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेश समाचार

    चर्को ब्याजदरविरुद्ध राष्ट्र बैंकलाई सर्वोच्चद्वारा कारण देखाऊ आदेश

    1.6K
    SHARES



    काठमाडौं। सर्वोच्च अदालतले चर्को ब्याजदरविरुद्ध नेपाल राष्ट्र बैंकलाई कारण देखाऊ आदेश जारी गरेको छ ।

    हाल मुलुकभर विद्यमान बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर नियन्त्रण गर्न र बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च तहका कर्मचारीको सेवासुविधामा एकरुपता ल्याई सरकारी वाणिज्य बैंक सरह कायम गर्नका लागि एकीकृत मापदण्ड तथा आवश्यक नीति नियम र निर्देशनको मागदाबी गर्दै दायर भएको उत्प्रेषण, परमादेश रिटमा सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको इजलाशले राष्ट्र बैंकलगायत विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

    यस विषयमा निवेदक अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल तथा सञ्जय न्यौपानेले सो रिट दायर गरेका हुन् । सो रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको थियो । रिट निवेदकका तर्फबाट अधिवक्ताहरू अर्जुनकुमार अर्याल, हुमबहादुर खत्री, बाबुराम भट्टराई तथा सञ्जय न्यौपानेले बहस गरेका थिए ।

    रिट निवेदनमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई बैंकको चर्को ब्याजदरलाई एक अंकमा झार्न बजार र नेपाली अर्थतन्त्रको सूक्ष्म अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन योजनासहित नीतिगत तथा कार्यगत पहलकदमी गर्नु÷गराउनु भनी परमादेश माग गरिएको छ । सो रिटमा बैंक तथा वित्तीय संस्थाका विविध विषयलाई पनि सम्बोधन गरेको रिट निवेदकले जानकारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ