• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    बैठकका लागि हिडेका गृहमन्त्रीमाथि गोली प्रहार, उपचारका लागि अस्पताल पुर्‍याइयो

    14.9K
    SHARES


    काठमाडौं, २४ बैसाख  ।

    गृहमन्त्रीमाथि गोली प्रहार भएको छ । यो घटना पाकिस्तानको हो । पाकिस्तानका गृहमन्त्री अहसान इकबाललाई तोकेर हानेको गाली पाखुरामा लागेको थियो ।

    उत्तर–पूर्वी शहर नरोवालमा पार्टी बैठकमा सहभागी हुन जाने क्रममा गृहमन्त्री इकबालमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन् ।

    घाइते गृहमन्त्रीको नरोवाल जिल्लाको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
    इकबाल पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग (नवाज) का सदस्य हुन् । सुरक्षा अधिकारीहरुले गोली प्रहार गरेको आरोपमा २० वर्षका एक युवालाई पक्राउ गरिएको जनाएका छन् ।

    गोली प्रहार गर्नुको कारण खुलेको छैन । पाकिस्तानका अधिकांश राजनीतिक दलले गृहमन्त्रीमाथि गोली प्रहार भएको घटनाको निन्दा गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

    प्रतिक्रिया