काठमाडौँ। चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही गरिने भएको छ । अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्न, नगराउन पनि आयोगको आग्रह छ ।
प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुने गरी भर्ना गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने आयोगका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया