काठमाडौँ। लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको छ ।
माओवादीका स्थायी समिति सदस्य एवं रोल्पाको प्रदेशसभा क्षेत्र नं. १ बाट विजयी जोखबहादुर महराले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।
उनले पार्टीले आफूलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको समेत दाबी गरे । निर्वाचनपछि काठमाडौं पुगेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य उच्च तहका नेताहरूसँग छलफल गरेको भन्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौंबाट फर्किएर रोल्पा पुगेका महराले भने, मैले काठमाडौंमा पार्टी नेतृत्वसँग छलफल गरेर आएको छु । सिट संख्या र प्रदेशको सत्ता बाँडफाँटमा लुम्बिनीको नेतृत्वमा माओवादी केन्द्रले दाबी गर्ने कुरा भएको छ ।’
प्रतिक्रिया