• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १४ निवर्तमान सांसदसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

    585
    SHARES


    काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको आज सुनुवाइ गर्दैछ ।

    प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दिएका थिए ।

    ३० चैत २०७८ मा सर्वोच्च अदालतले यो मुद्दाको पूर्ण सुनुवाइ गर्नु भनी आदेश दिएको थियो । माधव नेपालसहित १४ सांसदलाई निष्कासनको कारबाही गरेको भनी एमालेले संघीय संसद सचिवालयमा जानकारी गराएको थियो ।

    तर निवर्तमान सभामुख अग्नि सापकोटाले सूचना निकाल्न ढिलाइ गरिदिए ।

    त्यहीबिचमा केन्द्रीय समिति र संसदीय दलका २० प्रतिशतको सहभागितामा दल विभाजन गर्न पाउने गरी सरकारले अध्यादेश जारी गरेपछि माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

    आयोगले आफ्ना १४ सांसदलाई गरेको निष्कासनलाई मान्यता नदिएको भन्दै सभामुखविरुद्ध र निष्कासनमा परेकाहरुको सनाखतमा दल विभाजनलाई मान्यता दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दिएको थियो । यी दुवै मुद्दा एकैसाथ सुनुवाइ भइरहेका छन् ।

    एमालेले लुम्बिनी प्रदेशसभामा पनि नेकपा एमालेले सांसदहरु विमला खत्री वली र अजय शाहीलाई निष्कासन गरे पनि सभामुखले मान्यता दिएका थिएनन् । यसविरुद्ध पनि एमालेले रिट दिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया