• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दोलखाको मतगणना रोचक मोडमा, कति छ मतान्तर ?

    12.2K
    SHARES


    दोलखा । प्रतिनिधि सभा सदस्यका लागि दोलखामा भइरहेको मतगणना रोमाञ्चक मोडमा पुगेको छ । शुक्रबारदेखि सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका थिए ।

    तर्रा शनिबार रातिदेखि एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता रहयो । आइतबार विहानदेखि मतान्तर घटाउँदै लगेका कार्कीले अपरान्हसम्मको गणनामा भने शिवाकोटीलाई उछिनेका छन् ।

    माओवादीको प्रभाव क्षेत्र गौरीशंकर गाउँपालिकाको मत गणना हुँदा कार्कीले शिवाकोटीसँगको मतान्तर १ हजार ४३८ सम्म पुर्‍याएका थिए । तर कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकाको मत गन्दा शिवाकोटीले मतान्तर घटाउँदै ल्याए । कालिञ्चोक गणना सकिँदा शिवाकोटीको कुल मत ६ हजार ७०० र कार्कीको ७ हजार ९९५ थियो । कार्की शिवाकोटी भन्दा १ हजार २९५ मतले अगाडि थिए ।

    त्यसपछि जिरीका वडा नं ६, ७, ८ र ९ को समेत मतगणना सकिँदा कार्की र शिवाकोटीको मतान्तर १ हजार १६७ मा झर्‍यो । भीमेश्वर नगरपालिकाको गणनाका क्रममा भने शिवाकोटीले मतान्तर घटाउने मात्र होइन अग्रतासमेत लिए । भीमेश्वरको मत गनेर सकिँदा शिवाकोटीले कार्कीले भन्दा २०१५ बढी मत पाए ।

    भीमेश्वरपछि वैतेश्वर गाउँपालिकाको मत गणना सुरु गरेपछि भने कार्कीले मतान्तर घटाउँदै लगे । बैतेश्वरको वडा नम्बर १, २, ३, ६ र ८ को गणना सकिँदा कार्की फेरि अघि लागेका छन् । उनले २७१ मतको अग्रता बनाएका छन् । कार्कीले कुल २१ हजार ४१२ र शिवाकोटीले २१ हजार १४१ मत पाएका छन् ।

    अब बैतेश्वरका ३ वटा वडा, तामाकोसी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गन्न बाँकी छ । स्थानीय तह निर्वाचनमा बिगु र शैलुङ माओवादी केन्द्र, मेलुङ एमाले र तामाकोशी नेकपा एकीकृत समाजवादीले जितेका छन् ।

    यी गाउँपालिकामा प्रदेशसभातर्फको भने मत गणना भइसकेको छ । तामाकोसीको गणना सकिँदा नेपाली कांग्रेस ३ हजार २ सय मतले अघि रह्यो । शैलुङ्गमा एमाले ५०० मतभन्दा बढीले र बिगुमा १००० मतले अघि रह्यो । मेलुङमा कांग्रेस १९४ मतले मात्र अघि रह्यो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया