• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    ३० वर्षको भयो एसएमएस प्रविधि, यो हो संसारको पहिलो पहिलो टेक्स्ट मेसेज

    1.9K
    SHARES


    काठमाडौं । प्रविधिको दुनियामा डिसेम्बर ३ एक महत्वपूर्ण दिन हो । किनकी ३० वर्ष अघि आजकै दिन मोबाइल फोनमा पहिलो टेक्स्ट मेसेज पठाइएको थियो ।

    बीबीसीको एक रिपोर्ट अनुसार यो लोकप्रिय सुविधाको सुरुवात बेलायतको बर्कशायरस्थित भोडाफोन कम्पनीका एकजना इन्जिनियरले गरेका थिए । उनैले सन् १९९२ को डिसेम्बर ३ मा संसारको पहिलो मोबाइल एसएमएस पठाएका हुन् ।

    भोडाफोनमा सफ्टवेयर इन्जिनियरका रुपमा कार्यरत निल पपवर्थले कम्पनीका प्रमुख रिचार्ड जर्भिसलाई पहिलो एसएमएस पठाएका थिए । वास्तवमा जर्भिस एक क्रिसमस पार्टीमा थिए त्यसैले पपवर्थलाई उक्त एसएमएसको जवाफ प्राप्त भएन । पपवर्थले पठाएको उक्त एसएमएस परीक्षणको रुपमा थियो र Merry Christmas लेखिएको थियो ।

    जर्भिसले अर्बिटेल ९०१ मोडेलको फोन चलाउँथे र त्यसको तौल २.१ किलोग्राम थियो ।

    पपवर्थले भनेका छन् : सन् १९९२ मा मलाई थाहा थिएन कि भविष्यमा टेक्स्ट मेसेज यतिधेरै लोकप्रिय हुनेछ र यसले लाखौँ मानिसहरुले प्रयोग गर्ने इमोजी तथा मेसेजिङ एपलाई जन्म दिनेछ । मैले हालै आफ्ना सन्तानहरुलाई आफुले पहिलो एसएमएस पठाएको हुँ भनेर बताएँ । पछाडि फर्किएर हेर्दा यो प्रष्ट हुन्छ कि मैले जुन क्रिसमस सन्देश पठाएको थिएँ त्यो मोबाइल इतिहासको एक महत्वपूर्ण क्षण थियो ।

    एसएमएस अधिकतम १ सय ८० अक्षरसम्मको हुन्छ । यो अवधारणाको जन्म चाहीँ सन् १९८० को दशकको सुरुवातमै भएको थियो । तर यसलाई मोबाइल डिभाइस सम्म पूराउनका लागि झण्डै १० वर्ष लाग्यो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया