काठमाडौँ। विश्वप्रसिद्ध फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेले साओ पाओलोस्थित अस्पतालमा मंगलबार भर्ना भए ।
आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप अवलोकनका लागि समेत जान सकेका थिएनन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा रहेका छन् ।
पेलेले बिहीबार इन्स्टाग्राममार्फत् आफ्नो स्वास्थ्य लाभका लागि आएका शुभेच्छाका लागि प्रसंसकलाई धन्यवाद समेत दिएका थिए । इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी ३ पटकसम्म विश्वकप जिताएका थिए ।
प्रतिक्रिया