अछाम। अछाम जिल्लामा बदेलको आक्रमण परि एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालीका गाउँपालीका ६ शोषशाका ४० बर्षिय केशर बोहराको ज्यान गएको हो ।
उनलाई शनिबार बिहान घर नजिकै बदेलले आक्रमण गरेको मेल्ल्ख गाउँपालीका उपाध्यक्ष निर्प खड्काले बताउनुभयो । बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक बोहरा मेल्ल्ख गाउँपालीकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए । पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ ।
बिशेषगरि जिल्लाका लेकालि भेगहरुमा जंगललि जनावरहरुको आतंक बढिरहेको हो । किसानहरुले लगाएका बिभिन्न बालिहरु जंगलि जनावर बँदेल, भालु, बाँदर लगायतले बेलाबखतमा नष्ट गरिदीन थालेपछि यहाँका नागकिहरु चिन्तीत बनेका छन् ।
अछाममा पछिल्लो समय लेकालि भेगमा मात्र नभएर गाउँ नजिक सम्म पनि जनावरहरुको बिगबिगी छ । यता जिल्ला प्रशासन कार्यालय अछामले पनि जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउँ नजिक आउने भएकाले बिशेषगरि जंगली जनवार भालु र बदेलको बढि त्रास हुने भएकाले जंगलतिर जादा समुहमा जान समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया