काठमाडौँ। स्याङ्जा प्रतिनिधि सभातर्फ मतगणना भइरहेको स्याङ्जाको क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।
गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय ७५ मतले अघि छन् । गुरुङले २९ हजार ५ सय ६६ र अर्यालले २३ हजार ५९१ मत प्राप्त पाएका छन् । अब गणना गर्न बाँकी मत ४ हजार ८ सय ७१ छ ।
चापाकोट नगरपालिकाको वडा नं-८,९ र १० मात्र गणना हुँन बाँकी रहेको छ । स्याङजा-२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको हो ।
प्रतिक्रिया