सर्लाही । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला परेका छन् ।
नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन एका भट्टराई गएराति बास बसेको पत्थरकोटस्थित रिसोर्टमा मृत फेला परेका हुन् ।
६७ वर्षीय भट्टराईको घर सप्तरी सदरमुकाम राजविराज हो । कार्यक्रममा सहभागी हुन भट्टराई गएसाँझ नै जनकपुरबाट पत्थरकोट पुगेका थिए ।
बेलुका खाना खाएर एउटा मात्रै कोठा भएको कटेजमा सुत्न गएका भट्टराई आज बिहान नउठेपछि बोलाउन जाँदा मृत फेला परेका हुन् ।
भट्टराईको मृत्युपछि साधारण सभा स्थगित गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताए ।
प्रतिक्रिया