कैलाली। कैलालीमा एक होलसेल पसलको गोदाममा आगलागी भएको छ ।
शनिबार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ पथरैया बस्ने महमद युनिस जागाको न्यू मदार स्टोर किराना होलसेल पसलको गोदाममा आगलागी भएको हो ।
विद्युतको तार सर्ट भई एक्कासी आगलागी हुँदा गोदामभित्र भएका सबै सामान जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीबाट बाह्र लाख बराबरको क्षति भएको छ ।
अहिले भने उक्त क्षेत्रको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया