• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विवाहमा रक्सी पिएर फर्किदा लडेर एक जनाको मृत्यु

    1K
    SHARES


    काठमाडौँ। विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय देव रावतको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला-८ मा पर्ने लाछुङथाडी भन्ने ठाउँको गाेरुखाेला भन्ने ठाउँमा उनको लडेर मृत्यु भएको थियो ।

    रावतले मदिरा अत्यधिक रूपमा सेवन गरेको उनको भनाइ छ । प्रहरीका अनुसार विवाहको जन्तीमा सँगैका साथीहरू समयमै घर फर्केकी सकेका थिए भने रावत भन्ने छुट्टै घर फर्केका थिए ।

    अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया