• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विवाहबाहिर र विवाहअघि यौनसम्बन्ध कानुनी अपराध हुन सक्छ

    561
    SHARES


    इन्डोनेसिया। इन्डोनेसियाको संसद्ले छिट्टै एउटा कानुन ल्याउदै छ जसमा विवाहबाहिर यौन सम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुनेछ ।

    कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसद्बाट पारित हुने बताए ।

    यदि यो कानुन पारित भयो भने, यो इन्डोनेसियाली नागरिकहरू र विदेशीहरूलाई पनि लागू हुनेछ । व्यभिचार अन्तर्गतको सजाय तब मात्र प्रभावकारी हुन सक्छ जब कसैले यसको बारेमा अधिकारीहरू समक्ष उजुरी गर्छ । त्यसैगरी, विवाहअघि शारीरिक सम्बन्ध बनाउन प्रतिबन्ध लगाइने र दोषी प्रमाणित भए ६ महिनासम्म जेल सजाय हुन सक्नेछ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार व्यापार समूहहरूले नयाँ कानुनप्रति चिन्ता व्यक्त गरेका छन् । चाडपर्व र लगानीको गन्तव्यका रूपमा चिनिएको मुलुकले घाटा बेहोर्नु पर्ने व्यवसायी समूह बताउँछन् । यसअघि सन् २०१९ मा पनि कानुनको मस्यौदा पारित गर्ने तयारी भएको थियो, त्यसपछि देशव्यापी प्रदर्शन भएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया