• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लोकतन्त्र कम्जोर बन्यो, सोचमा पुनरावलोकन गरौं : गिरिराजमणी पोखरेल

    639
    SHARES


    महोत्तरी। नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाए ।

    निर्वाचनको विकृत पक्ष झाँङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखेका हुन् ।

    पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरुले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए ।

    उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा शसक्त हस्तक्षेपकारी छलफल चलाउन आमपार्टी, बौद्धिक वर्ग र नागरिक समाजसँग माग गरेका छन् ।

    चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको आरोप लगाउँदै नेता पोखरेलले विवेकपूर्ण मताधिकार बन्दी बन्दै गएको बताए ।

    लगातार तीन पटक महोत्तरी-१ बाट विजयी भएका पोखरेल यो निर्वाचनमा भने एमालेका लक्ष्मी महतोसँग पराजित भए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया