काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ । कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच सय ५८ मतले अगाडि रहेका छन् ।
शुक्रबार साँझसम्मको मतगणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार चार सय ६१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार चार सय ९० मत ल्याएका छन् ।
कूल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा साँझसम्म ४३ हजार आठ सय १६ मतगणना भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । मतगणना भएको मतमध्ये ४२ हजार तीन सय ४५ मत सदर भए छ भने एक हजार चार सय ७१ मत बदर भएको हो ।
प्रतिक्रिया